Kakhara सबैको खबर सम्पूर्ण खबर
पूर्वी रुकुम महोत्सवः आज अन्तिम दिन, रेखाको प्रस्तुति रहने 

रुकुम पूर्वमा वृहत् पूर्वी रुकुम पर्यटक तथा सांस्कृतिक महोत्सव आज आइतबार सकिँदै छ ।  सिस्ने गाउँपालिकाको प्रवर्धक तथा मस्त सङ्गीत सङ्ग्रहालय तथा ट्रेडिङ सेन्टर रुकुमपूर्वको आयोजनामा यही चैत्र ३० गते देखि महोत्सव चलिरहेको हो । 


सिस्ने गाउँपालिका-५ रुकुमकोट स्थित रुक्मिणी माविको परिसरमा वृहत् पूर्वी रुकुम महोत्सव भव्य साथ चलिरहेको छ । जस अनुसार आज आइतबार महोत्सवको अन्तिम दिन नायिका रेखा थापा लगायतको प्रस्तुति रहने भएको मस्त सङ्गीत सङ्ग्रहालय तथा ट्रेडिङ सेन्टरका अध्यक्ष एवम् गायक प्रकाश रन्काले जानकारी दिनुभयो । नायिका थापा अबको केही समयमा रुकुमकोट आइपुग्ने  रन्काले बताउनुभयो । 


चैत ३० गते देखि वैशाख ९ गते सम्म सञ्चालन गरिने भएको महोत्सव आज एक दिन थप गरिएको छ । महोत्सवमा महानायक राजेश हमाल, लोक गायिका तथा मोडल ज्योती मगर, गायक पुष्कल शर्मा, रोशन सिंह, गायिका शान्तिश्री परियार, जानकी तारामी मगर लगायत राष्ट्रिय स्तरका कलाकारले प्रस्तुति प्रदर्शन गरिसकेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update