Top Navigation
आइतबार, असोज ७, २०८० ०५:१६:५४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०५:१६:५४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #पितिवाङ खेला
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • प्रगति नाथ गृह जिल्ला रुकुम पश्चिममा नगद सहित सम्मानित 
प्रगति नाथ गृह जिल्ला रुकुम पश्चिममा नगद सहित सम्मानित 
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, जेठ २२, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
प्रगतिलाई सम्मान गर्दै जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, जिल्ला खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष, सदस्य लगायत ।

राष्ट्रिय महिला भलिबल खेलाडी प्रगति नाथ गृह जिल्ला रुकुम पश्चिममा सम्मानित हुनुभएको छ । नेपालको राष्ट्रिय भलिबल टिममा परेपछि पहिलो चोटी गृह जिल्ला रुकुम पश्चिम पुगेकी नाथलाई विभिन्न निकायले नगद सहित सम्मान गरेका हुन् । 

जिल्ला समन्वय समितिमा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति, जिल्ला खेलकुद विकास समिति, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहित खेलकुदका विभिन्न विषयगत संघ लगायतका निकायले सम्मान गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले पनि उहाँलाई सम्मान गरेको छ ।  

IMG_96991685957763.jpg

जिल्ला समन्वय समितिले सम्मान–पत्र सहित नगद ५ हजारले सम्मान गरेको छ । जिल्ला खेलकुद विकास समितिले पनि ५ हजार सहित सम्मान–पत्रले सम्मान गरेको हो । भलिबल प्रशिक्षण केन्द्रले प्रमाण पत्रले सम्मान गर्दा अन्यले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । नागरिकता लिन गएकी प्रगतिलाई जिल्ला प्रशासन कार्यालयले कार्यालयमै सम्मान–पत्रले सम्मान गरेको हो । 

352195972_208551825443733_5299091044230998349_n1685958322.jpg

जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले प्रगतिले जिल्लाको शिर उचो बनाउने काम गरेको भन्दै धन्यवाद सहित थप सफलताको लागि शुभकामना दिनुभयो । सानै उमेरमा नेपालको राष्ट्रिय टिममा पर्नु चानचुने कुरा नभएको भन्दै उहाँले यसको निरन्तरताको कामना गर्नुभयो । जिल्लाको मात्र नभई देशकै शिर उचो पार्ने गरी खेल्न उहाँले आग्रह गर्नुभयो । 

_MG_97571685957788.jpg

तीन वर्ष अघि न्यु डायमण्ड क्लबमा जोडिएकी प्रगति भलिबलमा लागेको तीन वर्षमै नेपालको राष्ट्रिय टिममा पर्नुभएको हो । १७ वर्षिय प्रगतिले जेठ ८ देखि १४ गतेसम्म काठमाडौंमा संचालन भएको ८ देश सम्मिलित काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय महिला भलिबल टिममा डेब्यु गर्नुभएको थियो । सेटरको भुमिकामा रहने प्रगतिले न्यु डायमण्ड क्लबबाट भलिबल खेलिरहनुभएको छ ।

IMG_96901685957815.jpg

 

 

IMG_97431685957865.jpg

आमासंग प्रगति ।

 

 

_MG_97551685957907.jpg

IMG_96921685957929.jpg

IMG_97011685957953.jpg

IMG_97431685957974.jpg


प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १४:३९
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्