Kakhara सबैको खबर सम्पूर्ण खबर
स्यार्पू महाेत्सवमा आज शक्तिले नचाए
महाेत्सवमा प्रस्तुति राख्दै गायक शक्ति चन्द ।

रूकुम पश्चिमकाे बाँफिकाेट गाउँपालिका वडा नम्बर ३ मा आयाेजित स्यार्पू महाेत्सव आज तेस्राे दिन पनि जारी रह्याे । अस्ति उदघाटन भएकाे महाेत्सवमा हिजाे देखि साँस्कृतिक कार्यक्रम सुरू भएका थिए । आज गायक शक्ति चन्द लगायतका कलाकारले प्रस्तुति राखेकाे राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रूकुम पश्चिमका अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयाे ।

गायक चन्दले आफ्ना विभिन्न गीत गाएर दर्शकलाई नचाउनुभएकाे थियाे । विशेषगरि दर्षकहरू सिंगारू गीतमा झुमेका थिए । चन्दले करिब एक दर्जन गीत गाउनुभएकाे थियाे । उहाँ पनि दर्शकसंगै नाच्नुभएकाे थियाे । आज उल्लेख्य रूपमा दर्शक उपस्थित भएकाे देवकाेटाले बताउनुभयाे । उहाँका अनुसार आज महाेत्सव अवलोकनका लागि करिव २ हजार दर्शक उपस्थित थिए ।

आज शनिबार भएकाेले पनि दर्शक खचाखच थिए। भाेली गायक गाेविन्द पाैडेल लगायतका कलाकार आउने देवकाेटाकाे भनाई छ । बाँफिकाेट गाउँपालिकाकाे आयाेजना र राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रूकुम पश्चिमकाे व्यवस्थापनमा महाेत्सव चलिरहेकाे छ । स्यार्पूमा २०६७ साल असोज ११ गतेदेखि १५ गतेसम्म पहिलो पटक महोत्सव सञ्चालन भएको थियो ।

स्यार्पूमा २०६७ साल असोज ११ गतेदेखि १५ गतेसम्म पहिलो पटक महोत्सव सञ्चालन भएको थियो । त्यसैको सम्झनामा आजबाट १३ औँ स्यार्पू महोत्सव सुरु भएको हो । पहिलो पटक महोत्सव लागेको सम्झनामा हरेक वर्ष असोज ११ गते देखि १५ गतेसम्म स्यार्पू ताल छेउमा मेला लाग्दै आएको थियो । यो वर्ष भने राष्ट्रिय कलाकार तथा व्यापारिक स्टल सहितको महोत्सव आयोजना गरिएको हाे ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update