मुसिकोट १० द्वारा टोल टोलमा खेलकुद सामग्री वितरण 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० ले खेल क्षेत्रकाे विकास गर्न टोल टोलमा खेलकुद सामग्री वितरण गरेको छ । विजयादशमी नजिकिएसँगै वडामा युवाहरूको पनि आगमन भएकाले खेल क्षेत्रलाई विकास गर्न वडाका ६ वटै टोलमा खेलकुद सामग्री वितरण गरिएको हो । वडामा रहेका सबै टोलमा एक वटा भलिबल, एक वटा नेट र एक वटा पम्प वितरण गरिएको वडा अध्यक्ष धनबहादुर खड्का वसन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँमा दसैँमा जमघट भएका युवालाई विजयादशमीको अवसरमा थप रमाइलो बनाउन खेलकुद सामग्री वितरण गरिएको हो । वडाको चौर भेरिखोला टोल, खर्सुपानी, नमुना वस्ति, खड्का टोल, झाँडडारी र गलमपाटी टोलका युवाहरूलाई खेलकुद सामग्री वितरण गरिएको हो । खेल क्षेत्रमा युवाहरूलाई आकर्षण गर्न र थप हौसला बढाउन खेलकुद सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

393434802_308591265251598_4042282099079687441_n1697789585.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update