सिस्ने ३ द्वारा वडावासीलाई खाद्यान्न वितरण
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ ले खाद्यान्न वितरण गरेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका पाँच घर परिवारलाई खाद्यान्न वितरण गरिएको हो । दशैलाई मध्यनजर गरेर थोरै भए पनि राहत होस भन्ने उद्देश्यले खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष हेराम खड्काले जानकारी दिनुभयो ।
शुक्रवार वडा कार्यालयमा बोलाएर ३० किलो चामल, १ किलो दाल र १ लिटर तेल वितरण गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । सिस्ने गाउँपालिको अध्यक्ष सहायता कार्यक्रम अन्तर्गत पाँच घर परिवारलाई खाद्यान्न वितरण गरिएको छ । १२ हजार पाँच सय रुपैयाँको खाद्यान्न खरिद गरिएको वडाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८० १२:५८
प्रतिक्रिया दिनुहोस्