Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट १० का टोल टोलमा बस, सहज बन्दै यातायात सेवा  
पहिलाे पटक मुसिकाेट १० काे कामीबुढा पार्कमा पुगेकाे बसलाई स्वागत गर्दै स्थानीय ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० ले टोल टोलमा यात्रु बाहक बस सञ्चालनमा ल्याएको छ । स्थानीयको सहजताको लागि वडा कार्यालयको पहलमा टोल टोलमा यात्रु बाहक बस सञ्चालनमा आएको हो । यस अघि वडाको खड्का टोल र गलमपाटी टोलमा नियमित बस सञ्चालन हुँदै आए पनि केही दिन देखि नमुना बस्ती टोल र कामी बुढा टोलको डेलडाँडासम्म यातायात सेवा सञ्चालन भएको वडा अध्यक्ष धनबहादुर खड्का वसन्तले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रु बाहक बस डेलडाडामा पुग्दा स्थानीयले भव्य स्वागत गरेका थिए ।

387638062_1563601517788170_5598051413671154120_n1698673404.jpg
पहिलो पटक वडाको डेलडाँडा पुगेको बस र बसका चालकलाई स्वागत गर्दै वडाध्यक्ष सहितका जनप्रतिनिधि तथा स्थानीयवासी । 

बस सञ्चालनमा नआएको चौरवस्तीसम्मको सडक मर्मत गरेर त्यहाँ पनि छिटै बस सञ्चालन गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । नमुना बस्ती टोल र कामी बुढा टोलको चौरबस्तीसम्म यस अघि जिपले सेवा दिँदै आएका थिए । अब देखी उक्त जिप कामिबुढा पार्क, होलटाकुरी र मुसिकोट नगरपालिकाको वडा नम्बर ९ को होल र चौखावाङ हुँदै झुल्खेल सडक खण्डमा सञ्चालन भइरहेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । यात्रु बाहक मिनिबसले बिहान मुसिकोट नगरपालिका वडा नम्बर १० को चुनबाट जिल्लामा सदरमुकाम खलङ्गा र दिउँसो खलङ्गाबाट चुनसम्मको नियमित सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update