Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका किरणबाबु पुन सांस्कृतिक महासङ्घको महाप्रबन्धकमा नियुक्त 

सरकारले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको छ । बुधवारको मन्त्रीपरिषद् बैठकले लोक गायक तथा सर्जक किरणबाबु पुनलाई संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको हो । संस्थानको महाप्रबन्धक पद हाल रिक्त थियो । त्यसमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ का पुनलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । पुन जनवादी गायकका रूपमा परिचित हुनुहुन्छ । 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update