Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ९ द्वारा सहिद परिवारलाई सम्मान 
सहिद परिवारलाई सम्मान गरिँदै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ ले सहिद परिवारका सदस्यलाई सम्मान गरेको छ । वडाले वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडा भित्र रहेका सहिद परिवारका सदस्यलाई सम्मान गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अनुसार वडामा रहेका सहिद परिवारका १५ जना सदस्यलाई सम्मान गरिएको वडा अध्यक्ष शशिराम पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा भित्र रहेका सबै सहिद परिवारका सदस्यलाई सम्मान गरिएको हो । जसमा कामीगाउँका १३ र तल्लो अदुवारीका २ घरपरिवार गरेर १५ घरपरिवारका एक एक सदस्यलाई सम्मान गरिएको हो । प्रत्येक सहिद परिवारका सदस्यलाई सम्मान स्वरूप १ वटा कासको थाली र १ वटा तामाको लोटा प्रदान गरिएको छ ।

सहिद परिवार सम्मानको लागि वडा कार्यालय ५० हजार बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट सहिद परिवारका सदस्यलाई सम्मान गरिएको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो । सहिद परिवारका सदस्यलाई वडा कार्यालय होलतारामा बोलाएर सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

422720182_3523556387899359_8407370614347252102_n1708415532.jpg

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update