Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम महोत्सवमा मुसिकोट ६ को पैसेरु नाच प्रथम 
प्रथम भएकाे पैसेरू नाच ।

रुकुम कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवको उद्घाटन समारोहमा स्थानीय झाँकीको प्रतियोगिता भएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा आज देखि सुरु भएको महोत्सवको पहिलो दिन स्थानीय झाँकीहरू बिचमा प्रतिस्पर्धा भएको हो । जसमा मुसिकोट नगरपालिकाका विभिन्न वडाले प्रतिस्पर्धा गरेका थिए ।

जसमा वडा नम्बर ६ को पैसेरु नाच प्रथम भएको छ । अन्य प्रतिस्पर्धी नाचलाई पछि पर्दै मुसिकोट ६ को पैसेरु नाच प्रथम भएको रुकुम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार मुसिकोट १४ को पञ्चेबाजा समूह दोस्रो भएको छ । त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ५ को सिँगारु नाच र मुसिकोट १ को महिला पञ्चेबाजा समूह तेस्रो भएका छन् ।

प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच हजार पुरस्कार पाउने वरिष्ठ उपाध्यक्ष खड्काले बताउनुभयो । पुरस्कार वितरण महोत्सव समापनको दिन फागुन २८ गते हुने उहाँको भनाई छ । यसैबिच सहभागी सबै सांस्कृतिक समूहलाई आउने र जाने भाडा पनि प्रदान गरिएको खड्काले बताउनुभयो । 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update