Kakhara सबैको खबर सम्पूर्ण खबर
प्राकृतिक सम्पदाको प्रचार तथा संस्कृतिको संरक्षण गर्न महोत्सव
महोत्सवमा आउने कलाकारहरु

कला सांस्कृति पर्यटन प्रर्वद्धन मञ्च रुकुम पश्चिमले आठबीसकोट नगरपालिकामा पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडीबजार नजिकै रहेको खुला मैदानमा चैत २२ गतेदेखि वैशाख २ गतेसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । शनीबार पत्रकार सम्मेलन  गरेर महोत्सव लाग्ने बारे आयोजकले जानकारी बनाएको हो । 

आठबीसकोट समृद्धिको आधार, कला सांस्कृति पर्यटन, उद्योग व्यापार भन्ने नाराका साथ आठबीसकोटमा पर्यटन, व्यापार तथा सांकृतिक महोत्सव आयोजना गर्न लागिएको महोत्सव आयोजक समितिका संयोजक तथा राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा करिव १ सय वटा स्टल रहने छन् । लोपोन्मुख कला सांस्कृति, भेषभुषा, बाजागाजाको संरक्षण गरी, संस्कृति सग्रालय निर्माण गर्ने, जिल्लामा रहेका प्राकृतिक सम्पदा ताल, तलैया, नदिनाला लगायत भौगोलिक अवस्थाको बारेमा प्रचार गरी आन्तरिक र बाह्य पर्यटकलाई प्रोेत्साहन तथा नयाँ पर्यटकिय स्थानको खोजि गर्ने महोत्सवको मुख्य उदेश्य रहेको संयोजक देवकोटाले जानकारी दिनुभयो ।

महोत्सवमा विभिन्न स्थानीय उत्पादनका साथै कृषि वस्तुको प्रर्दशनी रहने छ । यसका साथै महोत्सवमा स्थानीय र राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति समेत रहने आयोजकले जनाएको छ । उद्योग वाणिज्य संघ आठबिसकोट नगरपालिकासँगको समन्यवमा कला सांस्कृति पर्यटन प्रर्वद्धन मञ्च रुकुम पश्चिमले महोत्सव आयोजना गर्न लागेको हो ।

सह -आयोजकको रुपमा समृद्ध कर्णालीका लागि हाम्रो चाहना रुकुम पश्चिम, व्यवस्थापक राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिम र संरक्षकको रुपमा आठबीसकोट नगरपालिका रहेको छ ।  समय नजिकीएसँगै महोत्सवको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update