Kakhara सबैको खबर सम्पूर्ण खबर
आठबिसकोट महोत्सवको तयारी पुरा 
महाेत्सव स्थलमा निर्माणाधीन स्टल ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीमा सञ्चालन हुन लागेको महोत्सवको तयारी पुरा भएको छ । कला, संस्कृति, पर्यटन तथा प्रवर्द्धन मञ्चको आयोजनामा भोली चैत्र २२ गतेदेखि वैशाख २ गतेसम्म सञ्चालन हुन लागेको आठबिसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सवको तयारी पुरा भएको हो ।

स्टल निर्माण, मञ्च व्यवस्थापन देखि अन्य सबै तयारी पुरा भएको आयोजकले जनाएकाे छ । महोत्सवको एक समारोहका बिच बिहीबार उद्घाटन हुने छ । उद्घाटन समारोहमा स्थानीय झाँकीहरू प्रदर्शन गरिने छ ।

महोत्सवमा चर्चित हास्य कलाकार धुर्मुस सुन्तली, गायक राजु परियार, पशुपति शर्मा, रामजी खाँड, गायिका ज्योति मगर, एलिना चौहान, सिम्रन परियार, टीका सानु लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा ५० बढी स्टल रहने भएका छन् । महोत्सवको सह आयोजकमा समृद्ध कर्णालीका लागि हाम्रो चाहना रुकुम पश्चिम रहेको छ । त्यस्तै व्यवस्थापकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिम र संरक्षकमा आठबिसकोट नगरपालिका रहेका छन् । 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update