Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने २ मा दुई वटा सिँचाइ कुलो निर्माण
सिँचाइ कुलाे ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ मा सिँचाई नहर निर्माण गरिएको छ । प्रदेश सरकारको २० लाख बजेटबाट वडामा दुई वटा सिँचाई नहर निर्माण भएका हुन । समान दश/दश लाख बजेटबाट तुवाङ खोला सिँचाई नहर र छिपखोला सिँचाई नहर निर्माण गरिएको वडा अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो । तुवाङ खोला सिचाई आयोजनाबाट ५५ घर र छिपखोला सिचाई आयोजनाबाट ६० गरी कुल एक सय १५ घर परिवारको बारीमा सिँचाई सुविधा पुग्ने भएको छ । 

यस अघिसम्म कच्ची कुलोबाट बग्ने पानीले सिँचाई गरी रहेका स्थानीयलाई अब भने सहज हुने भएको छ । छिपखोला सिँचाई आयोजनाको दुई सय मिटर लामो सिँचाई नहर निर्माण भएको छ भने तुवाङ खोला  सिचाई आयोजनाको मेसिनरी वाल सहित  एक सय ३० मिटर नहर निर्माण गरिएको वडा कार्यालयले जानकारी दिएको छ । दुवै सिँचाई नहर उपभोक्ता समिति मार्फत निर्माण भएका हुन ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update