रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा सञ्चालन हुन लागेको पहिलो त्रिवेणी व्यापार तथा सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । मयूर युवा क्लबको आयोजनामा भोली देखि २४ गतेसम्म सञ्चालन हुन लागेको त्रिवेणी व्यापार तथा सांस्कृतिक महोत्सवको तयारी पुरा भएको हो । स्टल निर्माण, मञ्च व्यवस्थापन देखि अन्य सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।
महोत्सवको एक कार्यक्रमका बिच शुक्रवार उद्घाटन हुने छ । उद्घाटन समारोहमा स्थानीय झाँकीहरू प्रदर्शन गरिने महोत्सव संयोजक सोम्पाल कामीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा चर्चित हास्य कलाकार धुर्मुस सुन्तली, नायक दिलीप रायमाझी, गायिका प्रीति आले, ज्योति मगर, एलिना चौहान, सिम्रन परियार, गायक खेम सेन्चुरी, पुष्कल शर्मा, टङ्क तिमल्सिना, बाल गायक सुप्रिम मल्ल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा ५० बढी स्टल रहने छन् । राप्ती साहित्य परिषद् रुकुम पश्चिमको समन्वय सञ्चालन हुन लागेको महोत्सवको सिम्रुतु बजार व्यवस्थापन समितिको व्यवस्थापन रहेको छ । भने संरक्षकको रूपमा त्रिवेणी गाउँपालिका रहेको छ ।