Kakhara सबैको खबर सम्पूर्ण खबर
वडा अध्यक्ष ओलीद्वारा मातृ सुरक्षा घुम्ती कोष स्थापना
कोष स्थापनाको लागि रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष ओली ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सुन्दर ओलीले मातृ सुरक्षा घुम्ती कोष स्थापना  गर्नुभएको छ । उहाँले जनप्रतिनिधिकाे भत्ता बापत प्राप्त भएको रकमबाट माथि गाउँ स्वास्थ्य आमा समूहको लागि मातृ सुरक्षा घुम्ती कोष स्थापना गर्नुभएको हो । स्वास्थ्य आमा समूहलाई अप्ठेरो परेको बेला सहयोग होस् भन्ने उद्देश्यले भत्ता बापत प्राप्त भएको  २० हजार ५ रुपैयाँको घुम्ती कोष स्थापना गरिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आमा समूहमा आबद्ध भएका महिलाले कोषमा जम्मा गरिएको रकम १ प्रतिशत व्याजमा लिने र व्याजबाट प्राप्त भएको रकम गर्भवती, तथा सुत्केरी महिलाहरूलाई आतपको बेला सहयोग हुने उहाँले बताउनुभयो । माथि गाउँ स्वास्थ्य महिला समूहमा हाल २५ जना महिलाहरू आबद्ध रहेका छन्

आमा समूहले वडामा जनचेतना फैलाउने, अप्ठेरो परेका महिलाहरूलाई सहयोग गर्ने गरिरहेको छ । आमा समूहको लागि वडाबाट छुटै बजेट छुट्टाउन नसके पनि विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा  स्वास्थ्य आमा समूहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो । कोष स्थापना भएसँगै आमा तथा बच्चाको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update