Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोट १० झ्याङका कृषकलाई कृृषि सामग्री र उन्नत जातको मकैको बिउ  वितरण  
कृषकलाई कृषि सामग्री वितरण गर्दै वडा अध्यक्ष खड्का ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १० का कृषकलाई कृषि सामग्री सँगै उन्नत जातको मकैको बिउ वितरण गरिएको छ । मकै जोन कार्यक्रम अन्तरर्गत छनोट भएको वडालाई कृषि सामग्री सँगै उन्नत जातको मकैको बिउ वितरण गरिएको हो । वडाको झ्याङ गाउँलाई लक्षित गरी २ सय किलो उन्नत जातको मनकामना तीन जातको मकै, वीउ सुरक्षित राख्न मिल्ने भाडो सिटविन र मिलिटिलर वितरण गरिएको वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई सल्यानको आर्थिक सहयोग तथा छवी बहुउदेश्यीय सहकारी संस्थाको सहकार्यमा किसानले कृषि सामग्री तथा बिउ पाएका हुन् । मकैको बिउमा ५० प्रतिशत अनुदान परियोजना कार्यान्वयन इकाई सल्यानको रहेको छ । भने ५० प्रतिशत अर्थात ५५ रुपैयाँ कृषकले बेहोरेका छन् । एक वटा मिनिटिलर पनि परियोजनाले ५० प्रतिशत अनुदानमा उपलब्ध बनाएको छ । यसमा ५० प्रतिशत अर्थात २७ हजार रुपैयाँ किसानको लगानी रहेको छ । 

त्यस्तै परियोजनाले बिउ सुरक्षित राख्ने सामग्री सिटविन पनि वितरण गरेको छ । यसमा परियोजनाले ८५ प्रतिशत अनुदानमा उपलब्ध बनाउँदा १५ प्रतिशत अर्थात साढे ४ सय किसानले बेहोरेका छन् । वडासम्म आइपुग्दा सिटविनको मुल्य २ हजार ९ सय रुपैयाँसम्म परेको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो । परियोजना सँग सहकार्य गरिरहेको छवी बहुदेश्यीय सहकारी संस्थाले पनि ८५ प्रतिशत अनुदानमा १ सय किलो तौल क्षमता भएको डिजिटल काटा प्राप्त गरेको छ ।

वडाको झ्याङ टोलमा बसोवास गर्ने २५ जना कृषकलाई लक्षित गरी परियोजनाले अनुदानमा कृषि सामग्री तथा मकैको उन्नत जातको बिउ वितरण गरेको हो । मकै जोन कार्यक्रम अन्तरर्गत छनोट भएको वडामा एकै प्रकारको मकै उत्पादन गर्ने हिसावले भ्याङमा भएका कृषकलाई आवश्यताको आधारमा मकैको बिउ वितरण गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई सल्यानले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा मकै जोनबाट छनोट भएका वडाहरुका काम गर्दै आएको छ । सोही गाउँपालिका सँग सिमाना जोडीएका मुसीकोट नगरपालिकाका वडा नम्बर ९, १०, ११, १३ र १४ वडालाई यस वर्ष मकै जोन कार्यक्रम अन्तर्गत छनोट गरी कार्यक्रम सञ्चालन गरिरहेको बताएको छ ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update