Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकाेटमा यसरी मनाइयाे भूमे (फाेटाे, भिडिओ)

भूमे पर्व मगर समुदायको प्रमुख चाड हो । प्रकृति पूजक मगर समुदायले कुनै विपत्ति नआओस भनेर भूमे अर्थात भूमिको पूजा गर्ने गर्छन । रुकुम पूर्व, पश्चिम, रोल्पा लगायतका मगर बाहुल्य जिल्लाहरुमा भूमे पर्व मनाउने गरिन्छ । ठाउँ अनुसार फरक फरक दिन पुजा गर्ने गरिन्छ । जेठा राजा बसेको ठाउँमा जेठ मसान्त र कान्छा राजा बसेको ठाउँमा असार १ गते भूमे पुजा गर्ने गरिन्छ । यो पर्व एक महिनासम्म मनाइन्छ । यो पर्वमा एक महिनासम्म भूमे नाच नाचिन्छ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा पनि भूमे पर्व मनाइन्छ । यसवर्ष असार ५ गते भूमे पर्व सकिएको छ । सदरमुकाम खलंगामा बस्ने मगर समुदायले धुमधामका साथ भूमे पर्व मनाएका हुन् ।

हेर्नुहोस फोटो, भिडिओः

Bhume-6-1718931117.jpg
Bhume-4-1718931115.jpg
Bhume-1-1718931109.jpg
Bhume-2-1718931109.jpg
Bhume-2-1718931109.jpg
Bhume-3-1718931112.jpg
Bhume-7-1718931117.jpg

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update