त्रिवेणी १ को सामुदायिक वनमा २५ सय टिमुरका विरुवा रोपियो
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ को विभिन्न सामुदायिक वनमा २ हजा ५ सय टिमुरका विरुवा रोपिएको छ । वडाको सिल्ले, ओराल र स्याला सामुदायिक वनमा २ हजार ५ सय टिमुरका विरुवा रोपिएको हो । सिल्ले ओराल उकाला स्याला सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा उपभोक्ता समिति र जनप्रतिनिधिको सहकार्यमा सामुदायिक वनमा २ हजार ५ सय टिमुरका विरुवा रोपिएको वडा अध्यक्ष सुन्दर ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिभिजन वन कार्यालय रुकुम पश्चिमले टिमुरका विरुवा निः शूल्क उपलब्ध बनाएको हो । वनमा रोपिएका विरुवाको संरक्षण गरी विरुवाले पल दिन सुरु गरेमा सामुदायिक वनबाटै उपभोक्ता समिति तथा स्थानीयको आय आर्जनमा टेवा पुग्ने वडा अध्यक्ष ओलीले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ १७:४६
प्रतिक्रिया दिनुहोस्