Kakhara सबैको खबर सम्पूर्ण खबर
सिदुरे हरियाली र ठुलागैरा लहरेपातल सामुदायिक वनमा २ हजार बढी विरुवा रोपियो
विरुवा रोपिदै ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० को विभिन्न सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । वडाको २ वटा सामुदायिक वन उपभोक्ता समितिले वडाको विभिन्न वन क्षेत्रमा वृक्षारोपण गरेको हो । वडामा रहेको सिँदुरे हरियाली सामुदायिक वन उपभोक्ता समिति र ठुला गैरा लहरे पातल सामुदायिक वन उपभोक्ता समितिले विभिन्न वन क्षेत्रमा २ हजार ७० बढी विभिन्न जातका बिरुवा रोपेको वडा अध्यक्ष धनबहादुर खड्का ‘वसन्त’ले जानकारी दिनुभयो । उहाँका अनुसार डिभिजन वन कार्यालय रुकुम पश्चिमले बिरुवा अनुदानमा उपलब्ध बनाएको हो ।

डिभिजन वन कार्यालयले उपलब्ध बनाएका बिरुवा फल्लेफोर घुयाल्चौर बाँदरपानी धुपीकोरुख वन क्षेत्रमा ५ सय वटा टिमुरका बिरुवा, २ सय ५०  देवदार, २ सय ५० धुपिसल्लो र २ सय ५० खोटेसल्लोका बिरुवा रोपिएको छ । त्यस्तै ठुलागैरा वन क्षेत्रमा १ सय २० देवदारका बिरुवा, १ सय खोट सल्लोको बिरुवा रोपिएको छ । भने हाराखोला साउनेपानी गैरा वन क्षेत्रमा ५ सय टिमुर बिरुवा र १ सय धुपिसल्लोका बिरुवा रोपिएको वडा अध्यक्ष खड्काले जानकारी  दिनुभयो ।

 वडाका जनप्रतिनिधि, वन उपभोक्ता समिति लगायत स्थानीयको सहभागितामा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण  गरिएको हो । सामुदायिक वन क्षेत्रमा रोपिएका बिरुवाको संरक्षण गरी वडाको आर्थिक अवस्थामा सुधार ल्याउने वडाले अपेक्षा गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update