
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १३ सादनचौरमा व्यापारिक तथा सांस्कृतिक मेला सुरु भएको छ । मंगलबार मुसिकोट नगर प्रमुख महेन्द्र केसीले मेलाको उद्घाटन गर्नुभयो । मेला उद्घाटन सत्रमा पञ्चेबाजा, स्थानीय भाँकी, कराँते तेक्वान्दो समेत प्रस्तुत गरिएको थियो । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिमले जनाएको छ ।
मेला कात्तिक १५ गतेसम्म सञ्चालन हुने छ । मेलामा राष्ट्रियस्तरका कलाकारहरू गायिका ज्योति मगर, नायक दिलीप रायमाझी, गायक चन्द्र शर्मा, गायक बद्री पङ्गेनी, गायक राम जी खाँड, गायक सुमन विटी, गायक प्रकाश दूतराज, गायक श्याम राना, गायिका अस्मिता डल्लाकोटी, गायिका सिमरन परियार, गायिका जालुमाया गुरुङ लगायतका कलाकारहरूको प्रस्तुति रहने मेला संयोजक रमेश गिरीले जानकारी दिनुभयो ।
नियमित रूपमा लाग्दै आएको दसैँ तिहार विशेष स्थानीय सादनचौर मेलाको अवसरमा मेला आयोजना गरिएको हो । मेलाको संरक्षकको रुपमा मुसिकोट नगरपालिका रहेको छ । मेला संयोजक गिरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै २ नम्बर वडा अध्यक्ष दिनेश खड्का, १३ नम्बर वडा अध्यक्ष खलबहादुर खड्का, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।