Kakhara सबैको खबर सम्पूर्ण खबर
रूकुम पश्चिममा घर ज्वाइँ ४ दिन प्रदर्शन हुने

रुकुम पश्चिममा नेपाली सफल चलचित्र घर ज्वाइँ प्रदर्शन हुने भएको छ । रुकुम पूर्वका तकसेरा, महत लगायतका ठाउँमा खिचिएको नेपाली कथानक चलचित्र घर ज्वाइँ प्रदर्शन हुने भएको हो । मुसिकोट नगरपालिका वडा नम्बर ५ को सहिद प्रतिष्ठानको हलमा प्रदर्शन हुने यस चलचित्रका कलाकार सुरेश पुनले जानकारी दिनुभयो ।

चलचित्र यही कार्तिक २८ गते देखि मङ्सिर १ गतेसम्म ४ दिन प्रदर्शन हुने भएको हो । ४ दिन चलचित्र प्रदर्शन हुने र दैनिक कम्तिमा तीन शाे हुने कलाकार पुनले बताउनुभयो । मगर समुदायको संस्कृतिमा आधारित यो चलचित्र सफल चलचित्र हो । टिकट शुल्क विद्यार्थी र १६ वर्षमुनिका बालबालिकाका लागि २ सय र अन्यलाई ३ सय लाग्ने उहाँले बताउनुभयाे । 

दयाहाङ राई र मिरूना मगरको मुख्य भूमिका रहेको यो चलचित्र धेरै कमाउने चलचित्र मध्येको एक हो । चलचित्रमा मगर समुदायमा प्रचलित घर ज्वाइँको रीतिलाई देखाइएको छ । यो चलचित्रको कथा रुकुम पूर्वको तकसेराका अनिल बुढाले लेख्नुभएको हो भने निर्देशन पनि उहाँको नै रहेको छ ।

चलचित्रको निर्माता रोल्पाका जनक घर्ती मगर रहनुभएको छ । यस चलचित्रमा दयाहाङ, मिरुना बाहेक बुद्धि तामाङ, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सुरेश पुन, भोला सापकोटा, राज थापा काउचा, कविता आले, शिला आले, अनु थापा, बिना मगर, खड्गबहादुर पुन (खबपु) सोनाम लामा, विवेश बुढा, सुनिल मगर लगायत पनि रहनुभएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update