 
                                                                        रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आज देखि सांस्कृतिक महोत्सव सुरु हुँदै छ । स्थानीय सहिद स्मृति कला संस्कृति संरक्षण केन्द्रको आयोजनामा वडा नम्बर २ को रङ्गशालामा चौथो बृहत् चौरजहारी कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८१ आजबाट सुरु हुने भएको हो । आजबाट सुरु भएको महोत्सव चैत्र ४ गतेसम्म चल्ने बताइएको छ ।
कला, संस्कृति, कृषि, उद्योग व्यापार, चौरजहारी नगरपालिका समृद्धिको आधार भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको महोत्सवका निर्देशक एलबि कटुवालले जानकारी दिनुभयो । सहिद स्मृति कला संस्कृति संरक्षण मञ्चको संस्थागत विकासका लागि महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार महोत्सवको आज दिउँसो १ बजे औपचारिक समारोहका बिच उद्घाटन गरिने छ ।
महोत्सवमा नायक तथा मोडल पल शाह, हास्य कलाकार धुर्मुस–सुन्तली, गायक बद्री पङ्गेनी, गायिका ज्योति मगर, गायक प्रकाश सपुत, गायिका एलिना चौहान, गायक कुलेन्द्र विश्वकर्मा, खेम सेन्चुरी लगायतका राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति समेत रहने महोत्सव व्यवस्थापक रेसम क्षेत्रीले जानकारी गराउनुभयो ।
महोत्सवमा १ सय बढी व्यापारिक स्टलहरू रहने र स्थानीय व्यापारीलाई २० प्रतिशतसम्म छुट दिइने बताइएको छ । महोत्सव ३० हजार जनाले अवलोकन गर्ने लक्ष राखिएको आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा डान्स आइडल पनि हुने छ । प्रथमले २० हजार, द्वितीयले १५ हजार, तेस्रोले १० हजार र सान्त्वनाले दुई जनाले ४/४ हजार पुरस्कार पाउने व्यवस्थापक क्षेत्रीको भनाई छ ।


 
                                                 
                                                 
                                                 
                                                 
                    -1761806698.jpeg) 
                     
                     
                     
                    


-1759842583.jpg)
 
                     
                     
                     
                    