Kakhara सबैको खबर सम्पूर्ण खबर
आठविसकोट १ को वडा कार्यालय उद्घाटन 
उद्घाटन गनुहुँदै पुर्व अर्थमन्त्री ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १ को वडा कार्यालय उद्घाटन गरिएको छ । मंगलबार पुर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जर्नादन शर्माले रिवन काटेर वडा कार्यालयको भवन उद्घाटन गर्नुभएको हो । जन भेटघाटको क्रममा वडा नम्बर १ को विभिन्न ठाउँ पुग्नुभएका शर्माले वडा कार्यालयको नयाँ भवन उद्घाटन सँगै नजिकै रहेको शाईकुमारी माध्यमिक विद्यालय रोकाजाखेतको पनि अनुगमन गर्नुभएको थियो ।

केहि दिन अघीबाट वडा कार्यालयको सेवा प्रवाह भएपनि औपचारिक रुपमा भने मंगलबारदेखि वडा कार्यालय उद्घाटन भएसँगै सेवा प्रवाह सुरु भएको वडा अध्यक्ष देवबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार करिव २ करोडमा वडा कार्यालय भवन निर्माणको काम सम्पन्न भएको हो । बैठक हल, प्रशासनिक कक्ष, वडा पशु शाखा लगायत ९ कोठाको भवन निर्माण गरिएको छ भने शौचालय पनि निर्माण गरिएको वडा अध्यक्ष घर्तीले जानकारी दिनुभयो । 

यस अघी वडा कार्यालयले महिला भवनबाट सेवा प्रवाह गर्दै आएको थियो । वडा कार्यालयको भवन निर्माण सम्पन्न भएसँगै सेवा प्रवाहमा सहज भएको वडा कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update