Kakhara सबैको खबर सम्पूर्ण खबर
कखराकर्मी बलेन्द्र पुरस्कृत 
पुरस्कार ग्रहण गर्दै पत्रकार बलेन्द्र ओली ।

कखरा डट कममा कार्यरत पत्रकार बलेन्द्र ओली पुरस्कृत हुनुभएको छ । राप्ती साहित्य परिषद् रुकुम पश्चिमको १७ औँ वार्षिकोत्सवको अवसरमा ओली पुरस्कृत हुनुभएको हो । उहाँ सुमना–सुमन साहित्यिक पुरस्कार २०८१ बाट पुरस्कृत हुनुभयो । साहित्यकार तथा मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक मुकुन्दप्रसाद शर्माले परिषद्मा स्थापना गरेको सुमना–सुमन साहित्यिक पुरस्कार अक्षयकोषबाट पत्रकार ओलीलाई पुरस्कृत गरिएको परिषद्ले जनाएको छ ।

यो अक्षयकोषबाट हरेक वर्ष पालैपालो पत्रकार, साहित्यकार र संस्कृतिकर्मीलाई पुरस्कृत गर्ने गरिएको छ । कोषमा रहेको सावाँबाट आएको व्याजबाट पुरस्कृत गर्ने गरिएको छ । यो वर्ष पुरस्कारको राशि १ हजार रहेको छ । नगद र सम्मान पत्रले पुरस्कृत गरिएको राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीले जानकारी दिनुभयो । कखरा डट कममा कार्यरत पत्रकार ओली राष्ट्रिय समाचार समिति राससमा पनि कार्यरत हुनुहुन्छ ।

उहाँ सहित अन्यलाई पनि पुरस्कृत गरिएको छ । कर्णाली प्रदेशका पूर्व प्रमुख सचिव भरतकुमार शर्मालाई रुकुम साहित्य माला पुरस्कार २०८१, साहित्यकार खगेश्वर भण्डारीलाई मुसिकोट नगर प्रमुख साहित्यिक पुरस्कार २०८१, गायक तथा सर्जक तिलक परियारलाई योगमाया लोक साहित्य पुरस्कार २०८१ र देवीकला कठायतलाई बलबहादुर श्रेष्ठ स्मृति साहित्यिक पुरस्कार २०८१ प्रदान प्रदान गरिएको छ ।

त्यस्तै कला साहित्य संस्कृति संरक्षण मञ्च त्रिवेणीलाई मुसिकोट नगर प्रमुख साहित्यिक पुरस्कार २०८१ बाट पुरस्कृत पुरस्कृत गरिएको अध्यक्ष ओलीको भनाइ छ । रुकुम साहित्य माला पुरस्कार, मुसिकोट नगर प्रमुख साहित्य पुरस्कार, योगमाया लोक साहित्य पुरस्कार बलबहादुर श्रेष्ठ स्मृति साहित्यिक पुरस्कार ५–५ हजार हजार राशिका हुन् । राप्ती साहित्य परिषद् रुकुम पश्चिमले आज एक कार्यक्रमको आयोजना गरी १७ वार्षिकोत्सव मनाएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update