मकैको बिउ वितरण
मुसिकोट १० का कृषकलाई मकैको बिउसहित कृषिजन्य सामग्री वितरण

रुकुम पश्चिमको मुुसिकोट नगरपालिका वडा नम्बर १० का किसानलाई मकै बिउ सहित विभिन्न कृषिजन्य सामग्री वितरण गरिएको छ । आज एक कार्यक्रमका विच वडाका कृषकहरुलाई मकैको बिउसहित, विभिन्न कृषिजन्य सामग्री वितरण गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको आर्थिक सहयोगमा छवि बहुउद्देश्यीय सहकारी संस्थाले कृषकलाई मकैको बीउ सहित विभिन्न कृषिजन्य सामग्री वितरण गरेको वडा अध्यक्ष धनबहादुर खड्का ‘बसन्त’ले जानकारी दिनुभयो ।
उहाँका अनुसार ३ सय ३५ किलो मकैको बिउ, १६ वटा माउट कन्सेलर, ४ वटा त्रिपाल, १६ वटा सिटविन र २ वटा डिजिटल तराजु कृषकलाई अनुदानमा वितरण गरिएको हो । मकै रोप्ने सिजन सुरु भएकाले कृषकलाई लक्षित गरेर मकैको बिउ वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२ १३:४७
प्रतिक्रिया दिनुहोस्