Kakhara सबैको खबर सम्पूर्ण खबर
दोस्रो आठविसकोट महाेत्सवको सम्पूर्ण तयारी पूरा

रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ९ राडीमा भोलीदेखि सुरु हुने ‘‘दोस्रो आठविसकोट पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव’’को तयारी पुरा भएकाे छ ।  मञ्च व्यवस्थापन, स्टल निर्माणमा लगायतको काम पूरा भएको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति रुकुम पश्चिमले जनाएको छ  । भोलीदेखि सुरु भएकाे महोत्सव वैशाख २७ गतेसम्म संचालन हुने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला अध्यक्ष तुल देवकोटा जानकारी दिनुभयो । 

उहाँका अनुसार महोत्सवमा करिव ५० बढी  व्यापारिक स्टल रहेका छन् । स्टलमा स्थानीय व्यापारीलाई विषेश प्राथमिकता दिएको आायोजकले जनाएको छ । 

जिल्लाको समग्र पर्यटन विकास तथा सांस्कृतिक विविधताको प्रदर्शनका लागि महोत्सवको आयोजना गरिएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । महोत्सवमा नायक पल शाह, जिवन शर्मा, विष्णु खत्री, ज्योती मगर, पुष्कल शर्मा, बद्री पगेंनी, एलिना चौहान, लगायत  अन्य राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

यही वैशाख ११ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने भनिएको  महोत्सव विविध कारण केही दिनपछि सरेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update