Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट ५ का ११७ जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप छाता र टर्च लाइट वितरण 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी १ सय १७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्विकृत कार्यक्रम अन्तरर्गत १ सय १७ जना ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई एक /एक वटा छाता र एक /एक वटा टर्च लाईट दिएर सम्मान गरिएको वडा अध्यक्ष समिरजङ मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार सामाजिक सुरक्षा भक्ता प्राप्त गर्ने ९७ जना र निवृतभरण  प्राप्त गरेका  २० जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप  छाता र टर्च  लाइट प्रदान गरेर सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई नगर प्रमुख महेन्द्र केसीले छाता र टर्ज लाइट हस्तान्तरण गनुभएको हो । वडा कार्यालयले सम्मान सँगै जेष्ठ नागरिकलाई सु स्वास्थ्य एवं दिद्र्यायुको कामना समेत व्यक्त गरेकाे छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०८२  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update