Kakhara सबैको खबर सम्पूर्ण खबर
साहित्यकार पूर्ण ओलीको एकल रचना वाचन हुने 

साहित्यकार पूर्ण ओलीको एकल रचना वाचन कार्यक्रम हुने भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले यस त्रैमासिकको एकल रचना वाचन कार्यक्रममा ओलीले एकल रचना वाचन गर्नुहुने भएको हो । 

उक्त कार्यक्रम जेठ ३० गते शुक्रवार त्रिवेणी गाउँपालिका ५ स्थित विद्या विकास माध्यमिक विद्यालय जिबाङमा बिहान ११ बजेबाट सुरु हुने राप्ती साहित्य परिषद् रुकुम पश्चिमले जनाएको छ । यो कार्यक्रम हरेक तीन महिनामा सञ्चालन हुने गरेको छ । 

यस कार्यक्रममा विभिन्न साहित्यकारहरूले आफ्नो एकल रचना वाचन गर्ने गरेका छन् । सोही दिन एकल रचना वाचनका अतिरिक्त  पूर्ण ओलीद्वारा रचित गीति नाटक ‘मान्छेको माया’  प्रस्तुत हुनुका साथै स्थानीय सांस्कृतिक प्रस्तुति समेत रहने राप्ती साहित्य परिषद् रुकुम पश्चिमले जनाएको छ । 

राप्ती साहित्य परिषद्ले हरेक महिना राप्ती साहित्यमाला र प्रत्येक तीन महिनामा एकल रचना वाचन लगायतका कार्यक्रम नियमित सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update