
रुकुम पश्चिमको मुसिकाेट नगरपालिका वडा नम्बर १३ ले ६० जना सुत्केरी आमाहरुलाई सम्मान गरेको छ । वडाले एक कार्यक्रमको आयोजना गरी असल आमा सुत्केरी कार्यक्रम अन्तर्गत ६० जना सुत्केरी आमालाई सम्मान गरेको हो । आर्थिक वर्ष २०८१/०८२ मा सुत्केरी भएका ६० जना सुत्केरी आमाहरूलाई पोषिलो खानाको लागि ११ सय रुपैयाँका दरले सम्मान गरिएको वडा अध्यक्ष खलबहादुर खड्काले जनकारी दिनुभयो ।
उहाँका अनुसार वडामा कार्यरत ४ जना महिला स्वास्थ्य स्वयंम सेविकालाई पनि सम्मान गरिएको छ । स्वास्थ्य स्वंयम सेविकालाई दोसल्ला सहित मासिक संचार ५ सय रुपैयाँका दरले वार्षिक ६ हजार रुपैयाँ उपलब्ध गराएको छ । साथै स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्य चाैकि छिबाङ्गका ईन्चार्ज चन्द्रविर राेका र आधारभुत स्वास्थ्य चाैकिका प्रमुख टिकराम राेकालाई पनि दोसल्ला र नगदसहित सम्मान गरिएको वडा अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
वडाले सम्मान कार्यक्रम निरन्तर ३ वर्ष अगाडि देखि संचालन गरिरहेको छ । चालू आर्थिक वर्षमा सम्मान कार्यक्रमको लागि वडाले १ लाख रुपैयाँ विनियोजन गरेको थियो ।