तिलक परियारलाई सङ्गीत तथा नाट्य विधाको प्रादेशिक पुरस्कार

गायक तथा सर्जक तिलक परियारलाई सङ्गीत तथा नाट्य विधाको प्रादेशिक पुरस्कार २०८१ प्रदान गरिएको छ । रुकुम पश्चिमका परियारलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट आज ५० हजार नगद पुरस्कार सहित सम्मानित गरिएको हो ।
मन्त्रालयले विभिन्न चार वटा विधामा पुरस्कृत गरेकोमा परियार सङ्गीत तथा नाट्य विधाको कर्णाली प्रादेशिक पुरस्कारबाट परियार पुरस्कृत हुनुभएको हो । पुरस्कार पाउनेको विवरण यसअघि नै सार्वजनिक गरिए पनि आज एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको हो ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ का गायक परियारका रिम्ना दोभान, सगालैका बारीमा, सुनको भमरा लगायतका गीत चर्चित छन् ।
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२ १८:३३
प्रतिक्रिया दिनुहोस्