Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे १ ले बनायो झाँक्री नाचमा नियम

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर १ ले शनिवार लुकुममा मनाइने झाँक्री नाचका लागि नियम बनाएको छ । वडाले एक सूचना जारी गर्दै ३ वटा नियम जारी गरेको हो ।

अब झाँक्री नाचमा बाहिरबाट नाच हेर्न पुगेका दर्शकलाई इच्छा विपरीत सिस्नो हान्न नपाइने भएको छ । एक जना झाँक्री नाच्दा एक जना चुल्मि (भान्जा) मात्र नाच्न पाइने छ ।

त्यस्तै झाँक्रीहरू नाचेको स्थलमा अनावश्यक भिडभाड नगर्न वडाले भनेको छ । लुकुममा हरेक वर्ष झाँक्री नाच नाच्ने गरिन्छ । 

1000050947-1752849637.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update