Kakhara सबैको खबर सम्पूर्ण खबर
`मितज्यू´मा सौगात मल्ल अनुबन्ध

जिएम मुभिज प्राेडक्सनकाे ब्यानरमा निर्माण हुन लागेको चलचित्र मितज्यूमा नायक सौगात मल्ल अनुबन्ध भएका छन् । निर्माता जनक घर्ती मगरले फेसबुक मार्फत सौगात मल्ल मितज्यूमा अनुबन्ध भएको जानकारी गराउनुभएको छ । 

दोस्रो चलचित्र मितज्यूको लागि अर्का मुख्य कलाकारको रूपमा अभिनेता सौगात मल्लज्यू  सङ्ग पहिलो पटक सहकार्य गर्न पाउँदा हामी एकदमै खुसी छौ ! उहाँलाई स्वागत सङ्गै भव्य शुभकामना ! घर्तीले फेसबुकमा लेख्नुभएको छ । 

चलचित्रमा यसअघि नै नायक दयाहाङ राई र तेरिया मगर अनुबन्ध भइसक्नुभएको छ । बाँकी कलाकारहरूको बारेमा जानकारी गराउँदै जाने उहाँले जानकारी गराउनुभएको छ । चलचित्र प्रदर्शन मिति २०८२ चैत्र २७ गतेका लागि तोकिएको छ । 

1000054329-1753409912.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update