प्रेम संगमको शब्द सिर्जना रहेको तिज गित नाचम बरिलै बोलको गित बजारमा आएको छ । रोल्पाको सुनछहरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहनुभएका सर्जक प्रेमबहादुर घर्ती(प्रेम संगम)को तिज गित गत शुत्रबार प्रतिक्षा सिजापती नामक युटयुब च्यानल मार्फत सार्वजजिक भएको हो । सार्वजनिक भएको ५ दिनमा समाचार तयार पार्दासम्म ८७ हजार ९ सय ३० पटक भन्दा बढी हेरिएको छ ।
यस गितमा चर्चित गायिका रचना रिमालले स्वर दिनुभएको छ । यस गितको भिडिओमा मोडल लक्ष्मी गिरी, अभिनयमा प्रेमदेव गिरी, हरिमाया कार्की, लक्ष्मण लामिछाने लगायतलाई देख्न सकिन्छ । यस गीतमा सङ्गीत राजकुमार बगरको छ भने निर्देशन हेमन्त भुसालले गर्नुभएको हो । गित मार्फत तिजको मौलिक परम्परा र संस्कृतीलाई देखाउन खोजिएको छ ।
घर्तीको शब्द सिर्जनामा यसअघि गजल गीत ‘निदाउन सक्दिन’ ‘तिमि त दुश्मन’ बोलको गित बजारमा आएको थियो । घर्ती रुकुम पश्चिम चौरजहारी निवारी हुनुहुन्छ ।