Kakhara सबैको खबर सम्पूर्ण खबर
तिजकाे अवसरमा  मौलिक तिज गित तथा नृत्य प्रतियोगिता हुने 
फाइल फाेटाे ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा हरितालिका तिजको अवसरमा लोक गीत तथा नृत्य एवं सांस्कृतिक कार्यक्रम हुने भएको छ । यही भदौ ८ गते खलंगाको बालमन्दिरमा मौलिक तिज गीत तथा नृत्य एवं सांस्कृतिक कार्यक्रम हुने भएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा रुकुम पश्चिमले कार्यक्रमको आयोजना गरेको छ ।

मौलिक तिज गीत तथा नृत्यमा स्थान प्राप्त गर्ने समूहलाई पुरस्कारको व्यवस्था गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । 

उहाँका अनुसार प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले १० हजार ५ सय रुपैयाँको साथमा प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्ने समूहले ७ हजार ५ सय रुपैयाँको साथमा प्रमाणपत्र, तेस्रो स्थान प्राप्त गर्ने समूहले ५ हजार ५ सय रुपैयाँको साथमा प्रमाणपत्र, चौथो स्थान प्राप्त गर्ने समूहले २५ सय र सान्त्वना हुने दुई टिमलाई समान दुई दुई हजार रुपैयाँको साथमा प्रमाणपत्र व्यवस्था गरिएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो । 

गीत तथा नृत्य प्रतियोगिता सामूहिक हुने र टिममा कम्तीमा तीन जना भन्दा बढी हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको संचालनको लागि मुख्य प्रायोजकमा विजयश्वरी सेकेन्डरी मिडियम बोडिङ्ग स्कुल र न्यूमुनलाईट सेकेन्डरी बोडिङ्ग स्कुल रहेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update