Kakhara सबैको खबर सम्पूर्ण खबर
रामु पुनकाे ‘तिमीलाई हेरि हेरि’ आउँदै

‘तिमीलाई हेरि हेरि’ बजारमा आउँदै छ । रुकुम पश्चिममा रामु पुन र सारिका केसी अभिनीत नेपाली आधुनिक गीत बजारमा आउन लागेको हो । यो रामुको दोस्रो कोसेली हो । यस अघि आएको ‘तकदिर २’ लाई दर्शकले रुचाएका थिए । उक्त गीतको म्युजिक भिडियोमा पनि रामु र सारिकाले स्क्रिन शेयर गरेका थिए । 

‘तिमीलाई हेरि हेरि’मा चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ । यस गीतको शब्द गायक तथा सर्जक रोशन सिंहको रहेको छ । सिंह सँग रामुको यो दोस्रो सहकार्य हो । ‘तकदिर २’को शब्द पनि सिंहले नै लेखेका थिए । यस गीतको निर्देशन विक्रम चौहानले गरेका छन् । 

गीत माया प्रेममा आधारित रहेको पुनले बताउनुभयो । गीतको अडियो फाइनल भएसँगै छायाङ्कन समेत सकिएको पुनले बताउनुभयो । अहिले सम्पादनको काम चलिहरेको उहाँले बताउनुभयो । उहाँका अनुसार गीतको तिज लगत्तै सारिका केसी युट्युब च्यानलबाट सार्वजनिक हुने छ । 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ का रामु पुन पेसाले इन्जिनियर हुनुहुन्छ । उहाँले आफ्नै कन्सल्टेन्सी सञ्चालन गरिरहनुभएको छ । विभिन्न सामाजिक सेवामा उहाँ तल्लीन हुनुहुन्छ । सानैबाट गीत सङ्गीतमा रुचि राख्ने पुन पछिल्लो समय साङ्गीतिक क्षत्रमा जम्दै जानुभएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update