Kakhara सबैको खबर सम्पूर्ण खबर
मौलिक तिज गित प्रतियोगिता : रेखा मल्लको समुह प्रथम 
प्रथम स्थान हासिल गर्ने रेखाको समुह पुरस्कार ग्रहण गर्दै ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिमले आयोजना गरेको तिज विषेश कार्यक्रम सम्पन्न भएको छ । आज जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको  तिज विषेश कार्यक्रम सकिएको हो । हरितालिका तिजको अवसरमा  आयोजना गरिएको लोक गीत तथा नृत्य कार्यक्रममा रेखा मल्लको समुह प्रथम स्थान हासिल गरेको छ ।

त्यस्तै न्यू मुनलाइट सेकेन्डरी मिडियम बोर्डिङको समुह दोस्रो, अनुसा रोकाको समुह तेस्रो र निरुता पुनको समुह चोथो स्थान प्राप्त गरेको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला शाखा अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । त्यस्तैगरी बोहरा टिम र निर्मला रसाइलीको समुह सान्तवना भएको उहाँले  जानकारी दिनुभयो । स्थान प्राप्त गर्ने समुहले क्रमश प्रथम स्थान हासिल गर्ने समूहले १० हजार ५ सय रुपैयाँको साथमा प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्ने समूहले ७ हजार ५ सय रुपैयाँको साथमा प्रमाणपत्र, तेस्रो स्थान प्राप्त गर्ने समूहले ५ हजार ५ सय रुपैयाँको साथमा प्रमाणपत्र, चौथो स्थान प्राप्त गर्ने समूहले २५ सय र सान्त्वना हुने दुई टिमलाई समान दुई÷दुई हजार रुपैयाँको साथमा प्रमाणपत्र प्राप्त गरका हुन् ।

परम्परा र मौलिकतालाई जर्गेना गर्न मौलिक तिज गित आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा १५ टिमले प्रतिस्पर्धा गरेका थिए । कार्यक्रमको लागि सहयो गर्ने सहयोगिदाताहरुलाई कदर पत्रले सम्मान गरिएको थियो । कार्यक्रमको संचालन विशाल विष्टले गर्नुभएको थियो । 

WhatsApp-Image-2025-08-24-at-19.48.47_56c08272-1756046065.jpg

     
                       

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update