चर्चित लोकदोहोरी `चौका दाउ´का सर्जक विजय चन्द दर्पणको अर्को सिर्जना सार्वजनिक भएको छ । दर्पणको पछिल्लो सिर्जना ‘जुनेली’ यूट्युब मार्फत सार्वजिक भएको हो । जुनेली लोकदोहोरी भाकाको गीत हो ।
जुनेलीमा शान्ती श्री परियार र बाबुकृष्ण परियारले स्वर भरेका छन् । बाबुकृष्ण परियारले लय हालेको गीतको म्युजिक भिडियोमा नायिका अन्जना बराइली र परियार स्वयमले अभिनय गरेका छन् ।
मौसम हिमालीले म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी गरेका छन् । यस अघि दर्पणको राजा-रानी गीत सार्वजनिक भएको थियो ।
हाल अमेरिका रहनु भएका दर्पणले लामो समयदेखि लोक तथा दोहोरी गीत सिर्जना गर्दै आउनु भएको छ । दर्पणका चौका दाउ, राजारानी, माछी पानीमा, नक्कली साली, सुतली, बुकी, पलाश, सुर्तै मायाको र कर्कलो लगायतका गीत बजार आइसकेका छन् ।
यसमध्य अत्याधिक रुचाइएको सिर्जनामा चौका दाउ पर्छ।