Kakhara सबैको खबर सम्पूर्ण खबर

गजलकार वसन्त ओली वसन्तीको गजल `बानी परेछ तिम्रो´ सार्वजनिक भएको छ । गजल गीत वसन्त ओली युट्युब च्यानलमा हेर्न सकिन्छ । दाङको दाङ फन भ्यालीमा एक कार्यक्रमका बिच गजल गीत सार्वजनिक गरिएको हो ।

गजलकार ओली दाङका हुनुहुन्छ । २०४६ जेठ ३ गते घोराही उपमहानगरपालिका -१०, नारायणपुरमा आमा हिरा ओली र बुवा निमप्रसाद ओलीबाट जन्म भएकाे थियो । 

`बानी परेछ तिम्रो´मा एक समय भाइरल गायिका विशाखा शाही ठकुरी, चर्चित गायक सुभाष तिम्सिना र वसन्त ओली वसन्ती स्वयमको आवाज रहेको छ । चर्चित गीतकार लेखराज गिरी र वसन्त ओलीको सङ्गीत रहेको म्युजिक भिडियोमा वसन्ती ओली  र गजलकार स्वयमले अभिनय गर्नुभएको छ । 

झग्गु भण्डारीको निर्देशनमा रहेको गजल गजलकारकै कथा/परिकल्पना हो । देश चिनाउने सपना देखेर फुटबलमा होमिएका ओली फुटबलर पनि हुनुहुन्छ । चोटको कारण फुटबल क्षेत्रबाट टाढिएका ओलीमा अझै पनि फुटबलको लगाव उति नै छ । ओली नेपाली सेनामा कार्यरत हुनुहुन्छ । 

गीत सार्वजनिक कार्यक्रममा सबैले भिडियो र गीत मन पराएका थिए । सबैले हेर्नुपर्ने भिडियो रहेको प्रतिक्रिया दिएका थिए ।  बानी परेछ तिम्रो गजल बोई गजल सङ्ग्रहमा सङ्गृहीत गजल हो ।

गजलकार ओलीका तिर्सना (उपन्यास-२०६९), कोसेली (संयुक्त मुक्तक संग्रह),  इन्द्रेणी -४ (संयुक्त गजल संग्रह), बोई - गजल सङ्ग्रह (२०७८) र मेहनतको गोल - २०८१ (सचित्र बाल कथासङ्ग्रह) यस अघि नै बजारमा आइसकेका छन् ।

ओली विभिन्न पुरस्कारबाट सम्मानित हुनुभएको छ । पुष्प पराग वर्षको सर्वोत्कृष्ट गजलकार सम्मान- २०७४( भक्तपुर ), गोदावरी गजल साधना सम्मान -२०७५ (ललितपुर ), सारथि साहित्य प्रतिष्ठान सम्मान-२०७६, गोधूलि साहित्य वर्ष कृति पुरस्कार -२०७८( बोई कृतिका लागि), छायाँ-देवी चेतनाथ गजल पुरस्कार -२०७८ ( बोई कृतिका लागि) र नित्यानन्द शर्मा प्रज्ञा पुरस्कार -२०७९ बाट सम्मानित हुनुभएको छ ।

त्यस्तै विभिन्न साहित्यिक कार्यक्रममा सहभागी भएर थुप्रै स्थान हासिल गर्नुभएको छ । सदाबहार राष्ट्रिय गजल प्रतियोगिता  महेन्द्रनगर - २०७५ (प्रथम), सदाबहार खुल्ला गजल प्रतियोगिता महेन्द्रनगर -२०७४- (प्रथम ), रोल्पा -माडी  गजल प्रतियोगिता -२०७३ रोल्पा - (प्रथम ), सर्जक जमघट साहित्य समाज गजल प्रतियोगिता - कालीमाटी काठमाडौँ -२०७५( प्रथम), विश्वव्यापी खुल्ला अनलाइन गजल प्रतियोगिता भारत -२०७३ - (द्वितीय ) आयोजक - परदेशी समाज भारत, ५ नं प्रदेशस्तरीय गजल प्रतियोगिता बुटवल -२०७५ -(द्वितीय ) आयोजक बुटवल उपमहानगर र ५ नं प्रदेशस्तरीय गजल प्रतियोगिता -२०७२ रोल्पा (तृतीय स्थान) हासिल गरिसक्नु भएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update