प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले जनताको इच्छा अनुसार आफू उम्मेदवार बनेको बताउनुभएको छ । आज जिल्लास्थित पत्रकारहरुसंगको छलफलका क्रममा उहाँले आफू समग्र रुकुमेली जनताको इच्छा र आवश्यकता अनुसार उम्मेदवार बनेको बताउनुभएको हो ।
आफूमा चुनाव लड्नै पर्छ, नत्र सकिन्छ भन्ने भाव नरहेको र समग्र रुकुमेली जनताको इच्छा, माग र आवश्यकता अनुसार अन्तिम पटक निर्वाचनमा होमिएको उहाँले बताउनुभयो । ‘मलाई हाम्रो पार्टी, म सँग हिजो सँगै रहनुभएका मात्र होइन अन्य पार्टीका समेत नेता कार्यकर्ताहरूले यो पटक त तपाई आउनुपर्छ भन्नुभयो, जिल्लाका आम जनताको माग पनि म चुनाव लड्नुपर्छ भन्ने छ,’ उहाँले भन्नुभयो ।
आफू पुस्तान्तरणको पक्षमा रहेको दोहो¥याउँदै उहाँले पार्टीका अन्य नेताहरूलाई चुनाव लड्न आग्रह गरे पनि नेताहरूले तपाइको विकल्प छैन भनेको समेत उहाँले सो क्रममा बताउनुभयो । साथै उहाँले आफ्नो उम्मेदवारीका पछाडि जिल्लाका लागि अझै केही गर्ने र जिल्लाको विकासलाई अहिलेको आवश्यकता अनुसार उचाइमा पु¥याउने हुटहुटीका रूपमा समेत प्रस्ट्याउनुभयो ।
‘जिल्लामा धेरै विकास भएका छन्, यो सबैलाई जानकारी नै छ, अहिले अवस्था फेरिएको छ, जिल्लाको विकासलाई अहिलेको आवश्यकता अनुसार अघि बढाउनुपर्ने छ भने जिल्लाले आफ्नो सशक्त प्रतिनिधि संसद्मा होस भन्ने समेत चाहेको छ, यसैका लागि मेरो उम्मेदवारी हो,’ उहाँले भन्नुभयो । आफूले चाहँदा चाहँदै केन्द्रीय नेतृत्वको असहयोगका कारण पूरा हुन नसकेका दूरगामी महत्वका विकास निर्माणलाई यो पटक पुरा गरी छाड्ने अठोट गरेको समेत उहाँले बताउनुभयो ।
आफूलाई जित हारको कुनै डर नरहेको दोहोर्याउदै उहाँले सबैको सहयोगमा आफूले निर्वाचन जित्ने पनि दाबी गर्नुभयो । आफू कसैमाथि आरोप प्रत्यारोप नभई सबैसँग सौहार्दपूर्ण र मित्रवत् सम्बन्ध राखेर जनताकोमा जाने र जनता नै सर्वोपरि रहेको उम्मेदवार शर्माले बताउनुभयो । साथै उहाँले देश सङ्कटमा रहेको भन्दै सर्वपक्षीय सहमति र साझा सङ्कल्पका साथ अघि बढ्नुपर्ने अवस्था समेत औँल्याउनुभयो ।
जिल्लामा यस पटकको निर्वाचन रोचक हुने देखिएको छ । २०६४ देखि लगातार चुनाव जित्दै आउनुभएका नेता शर्मा यस पटक भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत दलहरूको बिचमा भएको एकता प्रक्रियामा सहभागी नभएर प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माणमा जुट्नुभएको छ । वर्षौँसम्म एउटै पार्टीमा मात्र नभई आफ्नै विश्वास पात्र गोपाल शर्मा अनलसँग उहाँको प्रतिस्पर्धा हुँदै छ ।


-1769081615.jpeg)


-1759842583.jpg)