रुकुम पश्चिममा २ बजेसम्म ५० प्रतिशत मत खस्यो
रुकुम पश्चिममा दिउँसाे २ बजेसम्म ५० प्रतिशत मत खसेको छ । सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीका अनुसार २ बजेसम्म कुल मतदाताको ५०.६१ प्रतिशत अर्थात् ५३ हजार ९ सय ८४ मत खसेको हो । जसमा महिला २९ हजार ५ सय ८४ र पुरुष २४ हजार ४ सय जना रहेका छन् ।
रुकुम पश्चिममा कुल १ लाख ६ हजार ६ सय ५० मतदाता रहेका छन् । जिल्ला भरका ७६ मतदान स्थलका १ सय ४० केन्द्रमा मतदान भइरहेको छ । त्यस्तै जिल्ला कारागार र खलङ्गाको बराहटाकुरामा गरी २ ठाउँमा अस्थायी मतदान केन्द्र राखिएको छ । यहाँ समानुपातिक तर्फको मतदान भइरहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्ने छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १५:०३
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)