Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा नेकपाका गोपाल शर्मा विजयी, जनार्दन तेस्रो

रुकुम पश्चिममा नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार गोपाल शर्मा विजयी हुनुभएको छ । जिल्लाको मत गणना अहिले भर्खरै सम्पन्न भएको छ । नेकपाका उम्मेदवार शर्मा २१ हजार ६ सय ९ मत ल्याएर विजयी हुनुभएको हो । उहाँ ४ हजार ९ सय ४८ मतान्तरले विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजु केसीले १६ हजार ६ सय ६१ मत ल्याउनुभयो ।

यसअघि जिल्लाबाट चुनाव जित्दै आउनुभएका जनार्दन शर्मा तेस्रो हुनुभयो । उहाँले १४ हजार ३ सय ४६ मत पाउनुभयो । यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रबाट जिल्लामा २०६४ पछि निर्वाचन जित्दै आउनुभएका जनार्दन यस पटक भने नयाँ पार्टी प्रगतिशील लोकतान्त्रिक पार्टीबाट चुनावी प्रतिस्पर्धामा हुनुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले ४ हजार ७६ मत पाउनुभयो ।

रुकुम पश्चिममा कुल १ लाख ६ हजार ६ सय ६० मत रहेकामा ६२ हजार ९ सय ६८ मत खसेको थियो । 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update