Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रलोपाका उम्मेदवार शर्माको निर्वाचन खर्च २८ लाख २५ हजार


फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टी रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले  २८ लाख २५ हजार रुपैयाँ  खर्च गर्नुभएको छ । शर्माले आज खर्च विवरण सार्वजनिक गर्नुभएको हो । उक्त खर्च विवरणमा उहाँले २८ लाख २५ हजार खर्च भएको उल्लेख गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको हो । 

उक्त खर्च विवरण अनुसार सबै भन्दा बढी खाना आवासमा १५ लाख रुपैयाँ खर्च भएको छ । त्यस्तै झण्डा, व्यानर प्रचारप्रसारमा ४ लाख ५० हजार, गाडी ४ लाख २० हजार, पेट्रोल डिजेलमा ३ लाख २० हजार, मतदाता नामावलीमा २५ हजार,  मनोनयन दर्ता १० हजार र अन्यमा १ लाख खर्च भएको उल्लेख गर्नुभएको छ ।

पुर्व सहकर्मी नेकपाका गोपाल शर्मा निर्वाचित भएको रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका शर्मा तेस्रो हुनुभएको थियो । यहाँ नेपाली काङ्ग्रेस दोस्रो भएको थियो ।  निर्वाचन सप्पन्न भएको ३० दिनभित्र  निर्वाचन खर्च  सार्वजनिक गरी निर्वाचन आयोग समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ  ।

प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update