रुकुम पश्चिमका मौरी पालक कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ५ र ६ का ४१ जना मौरी पालक कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको हो ।
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम अन्तर्गत, जापानी जनताको आर्थिक सहयोग र सोसेक नेपालको सहजीकरणमा दुई वटा वडाका ४१ जना कृषकलाई गोलासहितको मौरी घार वितरण गरिएको वडा नम्बर ६ नम्बर वडा अध्यक्ष पहलसिंह घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नम्बर ६ का २० जना र वडा नम्बर ५ का २१ गरी कुल ४१ जना कृषकलाई मौरी घार वितरण गरिएको हो । प्रत्येक मौरी पालक कृषकलाई १/१ वटा गोलासहितको मौरी घार, पिपी सेट, पन्जा, स्कुडर, क्विन गेट, फिडर, स्मोकर लगायतका मौरी पालक किसानलाई आवश्यक पर्ने सामग्री प्रदान गरिएको हो ।
मौरी घार दैलेखबाट लिएर वितरण गरिएको उहाँको भनाई छ । ढुवानी सहित प्रत्येक मौरी पालक कृषकलाई २० हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको वडा अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।






-1759842583.jpg)