Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्ती साहित्य परिषद्को वार्षिकोत्सवमा ५ जना पुरस्कृत हुने, को को परे ? 

राप्ती साहित्य परिषद् रुकुम पश्चिमको वार्षिकोत्सवको अवसरमा ५ जना व्यक्तिलाई पुरस्कृत गरिने भएको छ । पुरस्कारका लागि विभिन्न विधाका ५ जना व्यक्तिहरूलाई छनोट गरिएको राप्ती साहित्य परिषद् रुकुम पश्चिमले जनाएको छ । 

परिषद्ले वैशाख ५ गते वार्षिकोत्सव मनाउँदै छ । उक्त कार्यक्रममा ५ जना व्यक्तिहरूलाई विभिन्न पुरस्कार प्रदान गरिने परिषद्का जिल्ला सचिव ओमबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार रुकुम साहित्यमाला पुरस्कार साहित्यकार रमेश सुवेदी र योगमाया लोक साहित्य पुरस्कार साहित्यकार कमलमणि देवकोटालाई प्रदान गरिने छ । 

त्यस्तै मुसिकोट नगर प्रमुख साहित्य पुरस्कार साहित्यकार पूर्ण ओली, बलबहादुर श्रेष्ठ स्मृति साहित्य पुरस्कार कुबेर मल्ल र सुमना–सुमन साहित्य पुरस्कार पत्रकार देवकुमार ओलीलाई प्रदान गरिने सचिव खत्रीले जानकारी गराउनुभयो ।

परिषद्मा विभिन्न पुरस्कार कोषहरू रहेका छन् । उक्त कोषबाट बर्सेनि विभिन्न विधाका स्रष्टा तथा साहित्यकार र पत्रकारलाई पुरस्कृत गर्ने गरिएको छ ।

rapti-sahitya-1774868970.jpg

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update