रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ मा मर्यादित महिनावारी व्यवस्थापन समिति निर्माण गरिएको छ । वास एकाइ त्रिवेणी गाउँपालिकाले आज वडामा एक कार्यक्रमको आयोजना गरी उक्त समिति निर्माण गरिएको हो ।
वडा अध्यक्ष मोतीराम पुनको संयोजकत्वमा १७ सदस्यीय मर्यादित महिनावारी व्यवस्थापन समिति निर्माण गरिएको हो । सदस्यहरूमा वडा सदस्य देवकुमारी बुढाथोकी, रेणुका विक, भगवती कठायत, भिमदत्त बुढाथोकी, त्रिवेणी २ का स्वास्थ्य प्रमुख तविलाल खड्का चयन हुनुभएको छ ।
त्यस्तै अन्य सदस्यहरूमा रत्नकला पुन, रन्जु बुढाथोकी, सरिता बुढाथोकी, रिता बुढाथोकी, चन्द्रा पुन, सिर्जना बुढाथोकी, गङ्गा पुन, भुपेन्द्रा घर्ती, रिता विष्ट, शिक्षक खुमबहादुर बुढाथोकी र सदस्य सचिवमा वडा सचिव रामबहादुर केसी चयन हुनुभएको छ ।
यो समितिले सरसफाइ तथा स्वच्छता सम्बन्धी गाउँपालिकाले पारित गरेको योजना कार्यान्वयन गर्ने गराउने, वडाका आवश्यकताहरू पहिचान गरी सो को सम्बोधन गर्न गाउँपालिका तथा सरोकारवालासँग समन्वय गर्ने र गाउँपालिकाले गर्ने अन्य कार्यहरू गर्ने लगायतका काम गर्ने वास इकाइका स्थानीय स्रोत व्यक्ती यज्ञबहादुर मल्लले जानकारी दिनुभयो ।
कार्यक्रममा वास इकाइका कर्मचारी, वडाका जनप्रतिनिधि, स्थानीय आमा समूह लगायतको उपस्थित रहेको थियो । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना(सुस्वा) अन्तर्गत त्रिवेणी गाउँपालिकामा खानेपानी तथा सरसफाइ सम्बन्धी काम भइरहेको छ ।





-1759842583.jpg)