रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ भाग्लेमा आज मेला लाग्दै छ । परम्परागत रूपमा लाग्दै आएको यस वर्षको भाग्ले मेला आज लाग्न लागेको हो ।
मेलामा स्थानीय झाँकी तथा नाचहरू मयुर नाच, पञ्चेबाजा नाच, सिंगारु नाच, महिला समूह लगायतका नाच प्रस्तुत हुने मेला व्यवस्थापक समितिले जनाएको छ । समितिले मेलामा १२ जना भन्दा बढीको टिम बनाएर उपस्थित हुन नाच समूहहरूलाई अनुरोध गरेको छ ।
मेलाको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरू समेत जारी छन् । पुरुष तथा महिला भलिबल, भाले तान्ने, घैटोफोर, छेलो, रसाकसी लगायतका खेलकुद प्रतियोगिता र लोक दोहोरी तथा एकल नृत्य प्रतियोगिता समेत आयोजना गरिएको बताइएको छ ।
मेलाको अवसरमा प्रतियोगिताहरू वैशाख १२ गतेबाटै सुरु भए पनि मुख्य मेला आज लाग्ने लागेको मेला व्यवस्थापन समितिका मानव परियारले जानकारी दिनुभयो । उहाँका अनुसार मेला आज सकिए पनि खेलकुद प्रतियोगिताहरू भने जारी रहने छन् ।





-1759842583.jpg)