रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा तेस्रो पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव लाग्ने भएको छ । महोत्सव आगामी जेठ २ गतेबाट १२ गतेसम्म लाग्ने भएको हो । “आठबिसकोट समृद्धिको आधार कला संस्कृति, कृषि, पर्यटन, उद्योग व्यापार हाम्रो मूल आधार” भन्ने नारासहित महोत्सव आयोजना गर्न लागिएको आयोजक उद्योग वाणिज्य संघ आठबिसकोटले जनाएको छ । महोत्सव आठबिसकोट नगरपालिका वडा नम्बर ९ राडी बजारस्थित रंगशालामा लाग्ने छ ।
आज पत्रकार सम्मेलन गरी महोत्सव लाग्ने बारेमा आयोजकले जानकारी बनाएको हो । महोत्सव मार्फत रुकुम पश्चिमका लोपोन्मुख कला, संस्कृति, भेषभूषा तथा बाजागाजाको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादनको बजारिकरण, व्यापार व्यवसाय प्रवद्र्धन, पर्यटन विकास तथा सांस्कृतिक पहिचान गरी जर्गेना गर्नु मख्य उद्देश्य रहेको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । महोत्सवमा बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी, सम्झना भण्डारी, शान्तिश्री परियार, कुलेन्द्र विश्वकर्मा लगायतका कलाकार सहभागी हुने आयोजकले जानकारी बनाएको छ ।
महोत्सवमा नृत्य आइडल, लाइभ दोहोरी, व्यापारिक स्टल र मनोरञ्जनको लागि रोटपिङ राखिने आयोजकले जनाएको छ ।





-1759842583.jpg)