उत्कृष्ट नव गायिकाको उपाधि कल्पनालाई
गायिका कल्पना विकले उत्कृष्ट नव गायिकाको उपाधि जित्नुभएको छ । रुकुम पश्चिमको आठबिसकाेट नगरपालिकाकी कल्पनाले नुवाकाेटमा आयोजित नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी गीत प्रतियोगितामा नव गायिकाको उपाधि जित्नुभएको हो ।
उहाँले १५ हजार नगद प्राप्त गर्नुभएको छ । प्रतियोगिता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको हो । उहाँ कर्णाली `ख´ बाट सहभागी हुनुहुन्थ्यो ।
सानै देखि गीत गाउने रुचि भएकी कल्पना साङ्गीतिक क्षेत्रमा जम्ने प्रयास गरिरहनुभएको छ । उहाँका धेरै गीत बजारमा छन् । उहाँ हाल राजधानीमै रहेर साङ्गीतिक क्षेत्रमा आबद्ध हुनुहुन्छ ।
यो सफलताले आफूलाई थप हौसला मिलेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार २, २०८३ ०९:०२
प्रतिक्रिया दिनुहोस्




1686475760.jpg)


-1759842583.jpg)