नेपाली तीज गीत ‘मै कस्ती भाकिछु’ सार्वजनिक भएको छ । सर्जक प्रेमबहादुर घर्ती (प्रेम संगम)को शब्द तथा गायिका निता थापा मगरको स्वर रहेको गीतलाई प्रतीक्षा सिजापतीको आधिकारिक युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको हो । गीतमा प्रेम संगमको शब्द, राजकुमार बगरको संगीत तथा हेमन्त कान्छा रसाइलीको संगीत संयोजन रहेको छ । गीतको अडियो रेकर्डिङ त्रिवेणी डिजिटल स्टुडियोमा गरिएको हो ।
गीतको भिडियोमा निशा मगर र बीक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन चन्द्रबहादुर मन्दिर मगरले गर्नुभएको छ भने कोरियोग्राफी मौसम बरालले गर्नुभएको हो । छायांकन, सम्पादन तथा कलरिस्टको जिम्मेवारी निर्मल प्याकुरेलले सम्हाल्नु भएको छ ।
तीज पर्वको मौलिक संस्कृति, नृत्य र मनोरञ्जनलाई समेटेर तयार गरिएको यस गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ । रोल्पाको सुनछहरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत समेत रहनुभएका घर्तीको शब्द सिर्जनामा यसअघि `गजल गित निदाउन सक्दिन´, `तिमी त दुस्मन´ तिज गित `नाचम बरिलै´ गित बजारमा आइसकेका छन । घर्ती रुकुम पश्चिमको चौरजहारी निवासी हुनुहुन्छ ।





-1759842583.jpg)