
रुकुम पश्चिमका राम बि पुन मोडलिङमा जम्दै जानुभएको छ । कलाकारिता क्षेत्रमा सानैबाट रुचि राख्ने पुनले केही समय अघि मोडलिङको यात्रा सुरु गर्नुभएको थियो । उहाँ यति बेला सर्वोत्कृष्ट सुगम सङ्गीत नव मोडलको प्रतिस्पर्धामा हुनुहुन्छ । ७ महिना अघि सार्वजनिक भएको तकदिर २–‘म माया गर्छु’ बाट दोस्रो बि स्टार फिल्म म्युजिक अवार्ड २०८२ अन्तर्गत सर्वोत्कृष्ट सुगम सङ्गीत नव मोडलका लागि नोमिनेसनमा पर्नुभएको छ ।
उहाँ आफ्नो पहिलो साङ्गीतिक प्रस्तुतिबाटै नोमिनेसनमा पर्नुभएको हो । उहाँ सँगै अन्य ४ जना पनि यो मोडलका लागि प्रतिस्पर्धामा छन् । अहिले भोटिङ चलिरहेको छ । भोटका आधारमा तिहार पछि यो अवार्ड वितरण हुने पुनले बताउनुभयो । दर्शकको मायाले आफू यो प्रतिस्पर्धामा परेको बताउँदै उहाँले आफ्नो अमूल्य भोट दिएर जिताउन सबैमा अपिल गर्नुभएको छ । ई–सेवा मार्फत भोटिङ गर्न सकिने उहाँको भनाई छ ।
देश तथा विदेशबाट आफूले सकेको भोट गरेर आफूलाई सपोर्ट गर्न उहाँको अनुरोध छ । यो अवार्ड आफ्नो लागि महत्त्वपूर्ण रहेको समेत उहाँले बताउनुभयो । यसले आफूलाई साङ्गीतिक क्षेत्रमा अघि बढ्नका लागि महत्त्वपूर्ण सहयोग गर्ने उहाँको विश्वास छ । पुनको दोस्रो साङ्गीतिक कोसेली ‘तिमीलाई हेरि हेरि’ बजारमा केही समय पछि बजारमा आउँदै छ । यस अघिको पहिलो कोसेली तकदिर २–‘म माया गर्छु’लाई दर्शकले रुचाएका थिए ।
यो पनि पढ्नुहोस